एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको उच्चस्तरीय टोली अहिले काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त छ । तर उच्चस्तरीय अमेरिकी टोली आउनुभन्दा करीव डेढ हप्ता पहिलेदेखि एमसीसी को पक्ष र विपक्षमा नेपाली राजनीतिक र बौद्धिक माहोल तरंगित भइरहेको छ । चार बर्षअघि आफैं प्रधानमन्त्री हुँदा हस्ताक्षर गरिएकाले पनि प्रधानमन्त्री शेरबहादुर देउवा भरसक एमसीसी) पास गराउने नत्र सकारात्मक माहोल बनाउन क्रियाशील रहेको बताइएको छ । यसैकारण केही अघिसम्म एमसीसीप्रति नरम प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सहमतिको प्रयास गरिएको वालुवाटार सूत्रको दावी छ । विगतमा पनि एमसीसी मुद्दाकै कारण शीर्ष राजनीतिक दलहरुमा मतभेद् हुदै नेकपा विभाजनसम्मको रुप लिएको थियो । यद्यपि फेस सेभिङको उपाय पाए सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी सकारात्मक हुनसक्ने भए पनि एमसीसीले सरकारलाई बुधवार दिएको जवाफबाट त्यो सम्भावना टरेको छ भने सत्तारुढ गठबन्धनका दलहरुलाई एमसीसी निल्नु न ओकल्नुको विषय बनेको छ ।
ABC NEWS को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
Visit our Website:
ABC News Nepal:
Nepal Page:
Facebook:
This article was gathered automatically by our news bot. We help YouTubers by driving traffic to them for free. The featured image in this article is the thumbnail of the embedded video.